७ असार २०८३, आइतबार

संसद्को विभिन्न समितिमा १८ सदस्यको नाम हेरफेर, प्रचण्ड र रवि राज्य व्यवस्थामा

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । संघीय संसद्का विभिन्न समितिका सदस्यहरू हेरफेर भएका छन् ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम हेरफेरको प्रस्ताव गर्नु भएको थियो । प्रस्तावित सदस्यहरूको नाम संसद् बैठकले अनुमोदन गरेको हो । जसअनुसार संसदीय सुनुवाइ समितिमा रमेश लेखकको स्थानमा श्याम घिमिरे तथा डा। स्वर्णिम वाग्लेको स्थानमा डोलप्रसाद अर्याल आउनु भएको छ ।

त्यस्तै पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र विराजभक्त श्रेष्ठ अर्थ समितिका सदस्य भएका छन् । हरिप्रसाद उप्रेती अन्तर्राष्ट्रिय सम्बन्ध र हितबहादुर तामाङ पर्यटन समितिको सदस्य हुनु भएको छ ।

रघुवीर महासेठ र डोलप्रसाद अर्याल उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य हुनुभएको छ भने ज्वालाकुमारी साह कृषी सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य हुनुभएको हो । शक्ति बहादुर बस्नेत पूर्वाधार विकास समिति सदस्य हुँदा राज्यव्यवस्था तथा सुशासन समितिमा पूर्णबहादुर खड्का, राजेन्द्र कुमार राई हुनुहुन्छ । त्यस्तै हालै सत्ताबाट बाहिरिनुभएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निवर्तमान उपप्रधान तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने पनि राज्य, व्यवस्था समितिमा नै पर्नु भएको छ ।

त्यसैगरी रेखा शर्मा, सुमना श्रेष्ठ शिक्षा स्वास्थ्य तथा सूचना समितिको सदस्य बन्नुभएको हो । राज्यव्यवस्था तथा सुशासन समितिबाट हरि ढकाल सार्वजनिक लेखा समितिमा पुग्नु भएको छ भने मिना यादव शिक्षा स्वास्थ्यबाट कृषि सहकारी समितिको सदस्य बन्नुभएको छ ।