२२ जेष्ठ २०८३, शुक्रबार

सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन् : शेखर कोइराला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उनले पुनरावलोकन संविधानमै भएको व्यवस्था भएकाले कांग्रेस–एमालेले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । साथै सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई ध्यान दिनुपर्ने बताउनु भएको हो ।

‘ठूला दल एक ठाउँमा उभिंदा कतै निरंकुशता उब्जन्छ कि भन्ने डर कायम छ । यसमा मिडियाले निरन्तर खवरदारी गर्नुपर्छ । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन् । संसदबाट सहीलाई सही र गलतलाई गलत हो भनेर कांग्रेस आवाज उठाउँछ,’ उहाँले भन्नुभयो ।

डा.कोइरालाले संविधान संशोधन गर्दा समावेशितालाई अझ बलियो बनाउनेगरी जानुपर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने औंल्याउनुभयो । संविधान संशोधन गर्ने नाममा ‘पेन्डोरा बक्स’ त खुल्ने होइन भन्ने डर भएकाले यसमा सचेत रहनुपर्ने सुझाउनुभयो । मन्त्रीहरु खादा मालामा व्यस्त भएको उल्लेख गर्दै डा. कोइरालाले सरकारलाई गल्ती गर्ने र कुनै कमी कमजोरी गर्ने छुट नभएको बताउनुभयो । नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउनेगरी काम गर्ने स्पष्ट पार्नुभयो ।

उहाँले प्रेस स्वतन्त्रताले पनि राजनीतिक क्षेत्रमा ठुलो परिवर्तन आउने धारणा राख्नुभयो । यस्तै उहाँले कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारले संविधान संशोधन गर्दा सबै राजनीतिक दलसँगै मिलेर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले सबै मिलेर गए मात्रै राजनीतिक स्थायित्व, आर्थिक विकास, सुशासन, भ्रष्टाचार मुक्त समाज बन्ने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वर्तमान सरकारले प्रेस सम्बन्धी कानुन निर्माण गर्दा संवैधानिक व्यवस्थालाई ख्याल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बरिष्ठ पत्रकार हरिहर विरहीले अघिल्लो सरकारले प्रेस कानुन ल्याउने नाममा प्रेसलाई खुम्च्याउने प्रयास गरेकाले बर्तमान सरकारबाट प्रेस स्वतन्त्रता सुरक्षित रहने धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले संविधान संशोधन गर्दा प्रेसका प्रशस्त विषयहरु सुधार गर्नुपर्ने औंल्याउनुभयो । युनियनका अध्यक्ष शिव लम्सालले जुनसुकै सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता निमोठ्न खोजे जुनसुकैबेला सडकबाट प्रतिकार गर्ने दृढता व्यक्त गर्नुभयो ।