२२ जेष्ठ २०८३, शुक्रबार

काठमाडौं दरबार क्षेत्रका अवैध संरचना ७ दिन भित्र हटाउन महानगरको निर्देशन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्रका सम्पदाहरुलाई असर पर्ने गरि बनाइएका संरचनालाई सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले काठमाडौं विश्व सम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्व भएको काठमाडौं दरवार क्षेत्रभित्र असाधारण सम्पदाहरुलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरु ७ दिन भित्र हटाई यस महानगरपालिकालाई जानकारी दिन निर्देशन दिएको हो ।