
काठमाडौं, ८ साउन । जुम्लामा निसास्सिएर दुईजनाको मृत्यु भएको छ ।
जुम्लाको पातारासीमा कोठामा आगो बाल्दा निसासिएर एक सुत्केरी महिला र उनकी बहिनी १९ वर्षीया युवतीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ११ दिनकी सुत्केरी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी बहिनी १९ वर्षीया जुनमाया रोकाया हुनुहुन्छ । सुत्केरी र नवजात शिशुका लागि बालिएको आगोका कारण निसास्सिएर मृत्यु भएको हो ।
११ दिनका शिशुको अवस्था गम्भीर छ । उनको उपचार भइरहेको छ ।












प्रतिक्रिया