
रौतहट, ८ साउन । रौतहटको गरुडा नगरपालिकास्थित झाँझ खोलामा बेवारिसे अवस्थामा एक जना पुरुषको शव बरामद भएको छ ।
गरुडा-५ स्थित झाँझ खोलमा नाम वतन नखुलेको अन्दाजी ५०/५५ वर्षको पुरुषको शव बरामद भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताउनुभएको छ ।
आज बिहान ८ बजे खोलाको पानीमा शव तैरिरहेको अवस्थामा स्थानीयले देखेर सुरक्षा बेश दुधियाभारमा जानकारी गराएका थिए । सुरक्षा बेश दुधियाभारका प्रमुख इन्स्पेक्टर संजितकुमार सिंहको कमाण्डमा ५ जना र ईलाका प्रहरी कार्यालय गरुडाबाट १० जनाको संयुक्त टोलीले शवलाई बिहान ८ बजेर ५० मिनेटमा खोलाबाट बाहिर निकालेर घटनास्थलामा मुचुल्क उठाउने कार्य भइरहेको छ ।
बरामद शवको हालसम्म पहिचान नखुलेको तथा पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाइने सशस्त्र प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।








प्रतिक्रिया