२४ असार २०८३, बुधबार

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामाले दाबी पेश गर्दै

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ८ साउन । बागमती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै हुनुहुन्छ ।

सोमबार नै दाबी पेश गर्ने योजना भए पनि मन्त्रालयको भागबण्डा र नेकपा (एमाले) भित्रको आन्तरिक समस्याका कारण यो कार्यक्रम स्थगित भएको थियो । नयाँ सहमतिअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय पाउने भएका छन् । यस सहमतिपछि आज बिहान ११ बजे लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गर्नुभएको छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बहुमतको सरकार गठनका लागि मंगलबारसम्मको समय दिनुभएको थियो । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुनेछ ।

प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको जानकारी प्राप्त भएको छ ।