
सुर्खेत, ८ साउन । कर्णाली प्रदेश सभामा नेकपा (माओवादी केन्द्र) प्रतिपक्षमा पुगेको छ ।
सोमबार माओवादीबाट कर्णाली प्रदेश सरकारमा सहभागी चारजना मन्त्रीले पदबाट राजीनामा दिएसँगै प्रदेश सरकार स्थापनापछि पहिलोपटक माओवादी केन्द्र प्रतिपक्षमा रहेको हो ।
संघीय सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्य भएपछि कर्णालीमा माओवादी सरकारबाट बाहिरिएको हो ।
प्रदेश संरचना कार्यान्वयन भएको साढे छ वर्षमा कर्णालीमा माओवादीबाट दुई जना मुख्यमन्त्री र १८ जना मन्त्री बनेका थिए ।
अब कर्णालीमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचमा सत्ता सहकार्य हुने छ ।
सरकारमा सहभागी हुने विषयमा आजैदेखि छलफल सुरु हुने भए पनि केन्द्रबाट निर्देशन नआएको कांग्रेसका प्रदेश सभा सदस्य बेदराज सिंहले जानकारी दिनुभयो ।









प्रतिक्रिया