१७ असार २०८३, बुधबार

पाकिस्तानी गायक खान भन्छन्- दुबईमा मेरो गिरफ्तारीको खबर झुटो हो

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । पाकिस्तानी गायक राहत फतेह खानले दुबईमा आफू गिरफ्तार भएको खबर झुटो भएको दाबी गर्नुभएको छ ।

राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफू गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै खबरमा विश्वास नगर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘मेरो अनुरोध छ की यस्ता खबरमा विश्वास नगर्नु होला, म छिटै देश फर्किने छु । मैले सधै जस्तै मेरा उत्कृष्ट गीतले तपाईंहरुको मनोरञ्जन गरिरहने छु ।’

यसअघि राहतका पूर्वप्रबन्धक सलमान अहमदको उजुरीमा दुबईमा प्रहरीले हिरासतमा लिएको बताइएको थियो । राहतको सलमानसँगको विवाद केही वर्षदेखि नै चलिरहेको थियो ।

गायक राहत पटक-पटक विवादमा आइरहनुहुन्छ । यसअघि उहाँले एक व्यक्तिलाई जुत्ताले हानेको भिडियो भाइरल भएको थियो भने उहाँलाई २०१९ मा विदेशी मुद्रा स्मलिंग गरेको आरोप लागेको थियो ।

पाकिस्तानी गायक राहत बलिउडमा गाएका चर्चित गीतका लागि परिचित हुनुहुन्छ ।