२७ असार २०८३, शनिबार

उत्तरगंगाले बगाएका रामबहादुर मृत भेटिए

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ८ साउन । उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका रामबहादुर विक मृत फेला पर्नुभएको छ ।

बागलुङको ढोरपाटन नगरपालिका–८ निवासी ५४ वर्षीय विक आइतबार उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता हुनुभएको थियो । विक सोमबार मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ ।

ढोरपाटन नगरपालिका–९ स्थित उत्तरगंगा नदीमा आफूले लगाउने कपडा र चप्पल किनारमा राखी नदी तर्ने क्रममा आइतबार बेपत्ता हुनुभएको विक सोमबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

नदीले बगाएको स्थानदेखि करिब १० किलोमिटर तल ढोरपाटन नगरपालिका–९ दिजस्थित उत्तरगंगा नदीमा विक मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ ।