१५ असार २०८३, सोमबार

‘रोधी घर’मा विकास र रञ्जिता

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । ‘रोधी घर’लाई नेपालीको पहिचानको रुपमा लिन सकिन्छ । विशेष गरेर गुरुङ समुदायबाट भित्रिएको यो संस्कृतिलाई बालकदेखि वृद्धसम्मले गीतमार्फत दुःख बिर्सिने चौतारीको रुपमा पनि लिइन्छ ।

विकासको गतिसँगै रोधी घर ‘दोहोरी साँझ’ रुपान्तर भएसँगै अश्लिलता पनि भित्रिएको छ । त्यसैले कतिपयले यसलाई आलोचनासमेत गरिरहेका छन् । यस्तैमा ‘रोधी घर’ संस्कृतिमै गीतकार विकास घले गुरुङले नयाँ गीत ‘रोधी घर’ ल्याउनुभएको छ । गीत भिडियोसहित अमेरिकाको पेन्सलभेनियमै एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

एनआरएनए पेन्सलभेनिया च्याप्टरका उपाअध्यक्ष अभिषेक थापा, युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष प्रदीप गुरुङलगायतले कार्यक्रममा गीतको प्रसंसा गर्दै ‘रोधी घर’ले हराउँदै गएको नेपाली कलासंस्कृतिको संरक्षण गरेको धारणा राख्नुभयो ।

गीतका गीतकार गुरुङले आफू जहाँ रहेपनि नेपाली कलासंस्कृति बिर्सन नसक्ने भन्दै कलासंस्कृतिको जगेर्नाका लागि गीत निर्माण गरेको बताउनुभयो ।

दीपक गुरुङ र सोनम गुरुङको स्वर रहेको गीतमा दीपेश लामाको संगीत संयोजन छ । भिडियोको छायांकन पवन गौतमले गर्नुभएको हो ।

कुन्ती गुरुङ, सरिता सुनुवार, चक्र गुरुङ, राज गुरुङ र कृष्ण गुरुङको कोरस स्वर रहेको गीतको भिडियो अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको हो ।

भिडियोमा अभिनेत्री रञ्जिता गुरुङ र विकास घले गुरुङको अभिनय छ । स्थानीय कलाकार कार्लइस गुरुङको अलवा आमा समुह र इन्ट्र फाउन्डसनका नृत्य प्रशिक्षार्थीले पनि भिडियोमा नृत्य गरेका छन् ।

भिडियोको निर्देशक तथा सम्पादन पनि विकास घले गुरुङले नै गर्नुभएको हो । विकास फिल्म निर्देशक तथा खेलाडी पनि हुनुहुन्छ । गीत रेड ओशियन नामक युट्युवबाट सार्वजनिक भएको हो ।