
काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भू–भाग नेपालको हो भन्नेमा सरकार स्पष्ट रहेको बताउनु भएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंहले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू–भाग हो भन्नेमा सरकार स्पष्ट रहेको र भारतसँगको विवाद कूटनीतिक संयन्त्रबाट समाधान गर्ने बताउनु भएको हो ।
नेपालको अन्तर्राष्ट्रिय सीमाका सम्बन्धमा सङ्घीय संसद्, नेपाल सरकार र सबै नेपाली स्पष्ट र दृढ रहिआएको उहाँको भनाइ छ ।
‘नेपालको संविधानको २०७७ असार ३ मा भएको दोस्रो संशोधनमार्फत नयाँ नक्सा समेटी संविधानको अनुसूची–३ मा राखिएको तथा सीमासम्बन्धी विषयमा हामीबिच अभूतपूर्व राष्ट्रिय सहमति रहेको छ । सुगौली सन्धि, १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत काली (महाकाली) नदी पूर्वका सबै भूभाग नेपालको हो भन्ने कुरामा नेपाल सरकार दृढ र स्पष्ट रहेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।









प्रतिक्रिया