५ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओली र वर्षमान पुनबीच संसदमा भनाभन !

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच भनाभन भएको छ ।

संसदमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले आफूले आइतबार संसदमा बोलेका कुरालाई संसदमा झुटो रुपमा प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि माओवादी नेता पुनले प्रधानमन्त्री ओली विषय केन्द्रित भएर नबोलेको भन्दै नियमापत्ति गर्नु भएको थियो ।

उहाँले प्रधानमन्त्री विषय केन्द्रित नभएर गालीगलौजमा उत्रिएको आरोप लगाउनु भएको थियो । प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रीत नै रहेको भन्दै प्रश्नको जवाफ दिनुभन्दा अगाडि आएका विषयमा आफूले जवाफ दिएको उहाँले बताउनुभयो ।

उहाँले आफूले सचेत मात्र गराएको भन्दै आवेश र उत्तेजनामा आउन आवश्यक नरहेको धारणा राख्नुभयो ।