२१ जेष्ठ २०८३, बिहिबार

संसदमा बोल्दा तथ्यपूर्ण बोलौं, झुटको सहारा नलिनु : प्रधानमन्त्री ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा झुटको सहारा नलिन आग्रह गर्नु भएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा संसदमा तथ्यपूर्ण रुपमा बोल्न र गलत कुरा नबोल्न सांसदहरुलाई आग्रह गर्नु भएको हो ।

उहाँले आइतबार संसदमा आफूले उद्योगीको विद्युत लाइन काटेको विषयमा बोलेको विषयलाई संसदमा गलत रुपमा प्रस्तुत गरिएको भन्दै आपत्ति जनाउनु भएको हो ।

उहाँले आफूले कुनै किसिमको लप्पन छप्पन नगर्ने बताउँदै प्रधानमन्त्री ओलीले उद्योगीले प्रयोग नगरेको महशुल तिर्न नपर्ने र प्रयोग गरेको तिर्नु पर्नेमा आफूले स्पष्ट रुपमा रहेको बताउनुभयो । संसदमा आफूले आइतबार मात्र बोलेको कुरालाई गलत रुपमा प्रस्तुत गरेको भन्दै जिम्मेवार भएर प्रस्तुत हुन चेतावनी समेत दिनुभयो ।