५ असार २०८३, शुक्रबार

स्थानीय तहमा समस्याग्रस्त सहकारी छैनन् : सभापति थापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । संसदीय सहकारी छानविन समितिका सभापति सूर्य थापाले देशभरका सहकारीहरुको विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएको जानकारी दिनु भएको छ ।

सोमबार बसेको सरकारी छानविन विशेष समितिको बैठकपश्चात उहाँले स्थानीय तहमा सबैभन्दा धेरै २४ हजार सहकारी रेहकोमा समस्याग्रस्त सहकारी स्थानीय तहमा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देशभरको सहकारीको तस्वीर थाहा होस् भनेर ७ सय ५३ वटै पालिका र सातवटै प्रदेशको क्षेत्राधिकार भएका र त्यहाँ कार्यरत सहकारीहरुको बारेमा विवरण संकलन फारममार्फत पनि जानकारी लिने प्रक्रिया अगाडि बढाएका छौं । स्थानीय तहमा सबैभन्दा धेरै २४ हजार सहकारी छन्, तर समस्याग्रस्त सहकारी स्थानीय तहमा छैनन् ।’

सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकारीको सामान्य मूल्यमान्यतका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारीलाई जोड गर्ने र त्यसकालागि कानून बमोजिम हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन राम्रो हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘समग्र अवस्था हेर्दा सहकारी क्षेत्रलाई व्यवस्थित गर्नका लागि सहकारीको सामान्य मूल्यमान्यतका आधारमा उभिएर अगाडि बढ्दा स्थानीय सहकारी, उत्पादन सहकारीलाई जोड गर्ने र त्यसका लागि कानून बमोजिम हस्तान्तरण हुने हो भने सबै नियमन, सञ्चालन राम्रो हुन्छ ।’