
चितवन, ७ साउन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुस लिदै गर्दा पक्राउ पर्नु भएको छ ।
अख्तियारको टोलीले उहाँलाई आइतबार १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको जनाएको छ ।
औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत घुस रकम लिँदालिँदै उहाँलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।








प्रतिक्रिया