२९ असार २०८३, सोमबार

चेतनारायण आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्दै

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ७ साउन । नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशको सरकारको नेतृत्व संसदीय दलका उपनेता चेतनारायण आचार्यले गर्ने हुनु भएको छ ।

यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि केन्द्रको निर्देशनपछि आचार्य मुख्यमन्त्री बन्ने हुनु भएको हो ।एमाले र कांग्रेसले आचार्यलाई मुख्यमन्त्री बनाउने गरि दावी पेश गर्ने तयारी गर्नुभएको छ ।

आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री रहनु भएको थियो भने माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्थ्यो ।

त्यस्तै त्यसअघि लीला गिरी नेतृत्वको सरकारमा आचार्य ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री बन्नुभएको थियो । एमालेका केन्द्रीय सदस्य समेत रहेका आचार्य अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ ।