२८ असार २०८३, आइतबार

कर्णालीमा माओवादीका मन्त्रीहरुले बुझाए राजीनामा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ७ साउन । कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

आज सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा बुझाउनु भएको छ । उहाँहरूले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउनु भएको हो ।

सरकारमा माओवादीको तर्फबाट अर्थमन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार हुनुहुन्थ्यो ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ ।