५ असार २०८३, शुक्रबार

परराष्ट्र सचिव लम्साल चीन जाँदै

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । परराष्ट्र सचिव सेवा लम्साल चीन जानुहुने भएको छ ।

उहाँ पाँचौं चीन–दक्षिण एसिया फोरममा भाग लिन आज चीनको कुनमिङ्ग जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लम्सालले फोरममा आफ्नो मन्तव्य दिनुहुनेछ । उहाँले फोरमको साइडलाइनमा उच्चस्तीय भेटवार्तासमेत गर्ने मन्त्रालयले जनाएको छ । सचिव लम्साल साउन १२ गते स्वदेश फर्कनु हुनेछ ।