४ श्रावण २०८३, सोमबार

रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियन टोलीसँगको पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली टोली ३–० को सोझो सेटमा पराजित भएको हो । रसिया २५–१७, २५–१९, २५–१५ ले विजयी भएको हो ।

दोस्रो खेल सोमबार हुनेछ । साउन १७ गतेदेखि काठमाडौंमा सुरु हुने काभा नेसन्स लिगमा नेपाल, भारत, इरान, श्रीलंका र माल्दिभ्सले सहभागिता जनाउँदै छन् ।