
काठमाडौं, ६ साउन । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी)दान बहादुर कार्कीले गत वर्षको तुलनामा यो वर्ष विभिन्न किसिमका घटनाहरू बढेको बताउनु भएको छ ।
आज (आइतबार) पत्रकार सम्मेलन गर्दै डीआईजी कार्कीले गत वर्ष ५ हजार ९ सय ४२ घटना घटेकोमा यो वर्ष बढेर ७ हजार ३ सय २५ घटना घटेको बताउनु भएको हो ।
उहाँले गत वर्ष ४१ हजार ४ सय ३३ प्रहरी परिचालन गरिएको मध्ये अहिले घटना बढेर ६१ हजार २ सय २३ जना प्रहरी परिचान गरिएको जानकारी दिनुभयो । साथै उहाँले गत वर्ष एक हजार १ सय ७० जना घाइते भएकोमा यो वर्ष बढेर १ हजार ६ सय ५३ घाइतेलाई उद्दार गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यो वर्ष घटनाहरू बढि घटेका छन्, गत वर्ष ४१ हजार ४ सय ३३ प्रहरी परिचालन गरिएका थिए भने यो वर्ष बढेर ६१ हजार २ सय २३ जना परिचान गरिएका छन् । घाइतेहरूको संख्या पनि यो वर्ष बढेको छ । गत वर्ष १ हजार १ सय ७० जना घाइते थिए भने यो वर्ष बढेर १ हजार ६ सय ५३ घाइतेलाइ उद्दार गरिएको छ । शव व्यवस्थापनमा पनि शवहरूको संख्या बढेको छ । यो वर्ष ४ सय ५६ ओटा शवको व्यवस्थापन गरेको छ ।’
यस्तै उहाँले मिसन सञ्चालन गर्दा बजेटरी अभाव हुने गरेको बताउनुभयो । पछिल्लो समयमा कन्ट्रिभेसनको हिसावले टप फाइब भित्र रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘सबैभन्दा ठुलो समस्या भनेको मिसन सञ्चालन गर्दा बजेटरी अभाव हुनु हो । अहिले संसारका सबै देशहरूले बजेटरी कन्सेट देखाए । साथै मिसनको लागी बजेट आवश्यक्ता पर्छ । ठुलो परिवेश भएको देशहरूले पनि बजेट नदिएकाले मिसन पुरै सफल हुन सकेको छैन । ’









प्रतिक्रिया