
काठमाडौं, ६ साउन । वरिष्ठ कलाकार हरिवंश आचार्य बिरामी पर्नु भएको छ ।
विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न विराटनगर जानु भएका आचार्य बिरामी पर्नु भएको हो । उहाँको नाकबाट रगत बगेको बताइएको छ ।
उहाँको विराटनगरको विराट नर्सिङ होममा उपचार भरहेको छ । आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुग्नु भएको थियो ।
उहाँले सामाजिक सञ्जालमार्फत आचार्यको अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ । मुख्यमन्त्री कार्कीले उहाँको स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।








प्रतिक्रिया