
काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गर्नुभएको हो ।
अध्यक्ष लिङ्देनले आफू र आफ्नो दलको विगतमा एमालेसँग निर्वाचनमा तालमेल भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बन्दा आफू सबैभन्दा धेरै खुसी भएको बताउनुभयो ।
उहाँले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गर्दै सरकारले संबिधान संशोधनको स्पष्ट खाका पेश गरेमा सरकारलाई सहयोग गर्ने पनि स्पष्ट पार्नुभयो ।
साथै उहाँले आम निर्वाचन हुना साथ आफूले कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै अहिले आएर काँग्रेस(एमाले एक भएको प्रसंगमा यो गठबन्धन सफल नभए के हुन्छ ? भन्दै प्रश्न गर्नु भएको थियो । अध्यक्ष लिङदेनले माओवादी केन्द्र र फरक विचार राखिरहेका आफूहरुलाई मान्य हुने गरि नयाँ सहमति गरेर अगाडि जान प्रस्ताव गर्नुभयो ।








प्रतिक्रिया