२५ जेष्ठ २०८३, सोमबार

प्रधानमन्त्री ओलीलाई शुभकामना दिंदै माधव नेपालले सम्झाए विगत

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिदै यस अघि संसद विघटन गरेको विषय स्मरण गराउनु भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले राखेको विश्वासको मतसम्बन्धिको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री नेपालले विगतमा गरेको संसद विघटनको सम्झाउनु भएको हो ।

उहाँले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्यांकन गर्न आग्रह गर्नुभयो । विगतमा करिब दुई तिहाईको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केहि नेताहरु एमालेसँग मिलेकोमा खुशी भएपनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुशी नभएको धारणा राख्नुभयो ।

नेता नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जंगबहादुर नखोजिएको बताउँदै शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने डर भएको बताउनुभयो ।