१ असार २०८३, सोमबार

प्रधानमन्त्रीले कुलमानलाई जंगबहादुरको शैलीमा निर्देशन दिए : माओवादी केन्द्र

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् भुक्तानी विवाद तत्काल समाधान गर्नेगरि काम गर्न जंगबहादुरको शैलीमा निर्देशन दिएको आरोप लगाएको छ ।

आइतबार प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्राधिकरणलाई हुकुमी शैलीमा निर्देशन दिएको भन्दै यसबाट यो सरकार किन र कसका लागि बनेको भन्ने प्रष्ट भएको बताउनु भएको हो ।

उहाँले यो विषयमा तीन चरणमा यस विषयमा विवाद रहेको बताउदै संसद्को सार्वजनिक लेखा समितिले एउटा उपसमिति नै बनाएर अध्ययन गरेको र ८ बुँदामा निर्देशनसमेत दिएको बताउनुभयो ।

साथै उहाँले विद्युत प्राधिकरणले विभिन्न समयमा पटक पटक उपसमिति बनाएको बताउँदै विभिन्न समयमा यस बारेमा भएका अध्ययनलाई जरअन्दाज नगर्न चेतावनी दिनुभयो ।