
काठमाडौं, ६ असार । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगर मुछिएको भिसा अन्तर्वार्ता सिफारिस विषयलाई संसदमा उठाएको छ ।
कांग्रेस संसद रामहरी खतिवडाले उपसभामुखले मानवतस्करी गर्ने नियतले सिफारिस गरिएको पत्र सार्बजनिक भएको भन्दै यस्तो अवस्थामा उपसभामुखले संसदको नेतृत्व गर्न मिल्छ की मिल्दैन भने प्रश्न उठेको बताउनुभयो ।
उहाँले उपसभामुख रानामगरलाई राजीनामा दिएर छानबिनमा सहयोग गर्न आग्रह गर्दै यो विषयको अनुसन्धान हुनुपर्ने माग गर्नु भएको छ ।
उहाँले संसद र सभामुखलाई भिसाको कन्सल्टेन्सी बनाउन नमिल्ने बताउँदै उपसभामुखले राजीनामा दिनु नै उपयुक्त हुने बताउनुभयो ।









प्रतिक्रिया