
काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन ह्वीप जारी छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वास मत नदिने निर्णय गरेको हो। प्रधानमन्त्री ओलीले आज संसदबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
‘साउन ६ गते आइतबारका दिन दिउँसो १ बजे प्रारम्भ हुने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन, र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भनि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेश गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिएको छ,’ प्रमुख सचेतक सन्तोष परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।








प्रतिक्रिया