८ श्रावण २०८३, शुक्रबार

वीपी कोइरालाले चाहेको व्यवस्था र प्रणालीप्रति सहमत छु : प्रधानमन्त्री ओली

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल हुनुभएको बताउनुभएको छ ।

आइतबार वीपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले वीपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्‍याउन महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक दर्शनको पाटोमा, साहित्यिक दर्शनको पाटोमा वीपी कोइरालाले नेपाली राजनीति, समाज परिवर्तनका क्षेत्रमा आफ्ना छापहरु छोड्न एकदमै सफल व्यक्तित्व हुनुहुन्छ । उहाँले राजनीति सँगसँगै साहित्यलाई पनि एउटा उचाईमा पुर्‍याउनुभएको छ । राजनीतिलाई पनि झन् धेरै उचाईमा पुर्‍याउनुभएको छ उँहाले । तर, आज वीपी कोइरालालाई बुझ्न त्यति सजिलो छैन् ।’

दर्शन, साहित्य र राजनीतिको बारेमा विवादहरु रहेपनि वीपी कोइरालाले खोजेको व्यवस्था र प्रणाली अहिले पनि आफू सहमत रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

त्यस्तै, उहाँले वीपी कोइरालाले दुरदर्शी तथा परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वले उहाँबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।