३० जेष्ठ २०८३, शनिबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न राप्रपाको बैठक बस्दै

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ः३० बजे दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्नेछ ।

राप्रपाको शनिबार भएको पार्टी निर्देशन समितिको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन उपयुक्त हुने सुझाव दिएको थियो ।