२५ असार २०८३, बिहिबार

कांग्रेसको बैठक बस्दै, प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय हुने

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ ।

त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमासमेत छलफल हुने बताइएको छ ।

आज आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानीक व्यवस्थाअनुसार ओलीले विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।

संसदका दुई ठूला दल मिलेर बनेको सरकारको नेतृत्व गर्नुभएको एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।