२८ जेष्ठ २०८३, बिहिबार

विकास र समृद्धिका लागि एमाले-कांग्रेसबीच सहकार्य : मुख्यमन्त्री कार्की

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्जनी कुमार अधिकारी, उदयपुर, ५ साउन । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा स्थिर सरकारको निर्माण गरेर विकास र समृद्धिको आधार निर्माण गर्न नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहकार्य भएको बताउनुभएको छ । शनिबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमाले चौदण्डीगढीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

एमालेका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले २०७९ को निर्वाचन पश्चात पटक-पटक मुलुकमा सरकार बन्ने खेल हुँदा अस्थिरता बढेर गएको भन्दै अस्थिरताका कारण मुलुकलाई ठूलो क्षति पुगेकाले एमालेले आफ्नो मूल प्रतिस्पर्धी पार्टी कांग्रेससँगै सहकार्य गर्न बाध्य भएको जिकिर गर्नुभयो ।

उहाँले एमालेले अन्य कुनै पार्टी जस्तो च्याँखे थापेर सरकारमा जाने वा मन्त्री बन्ने खेलमा नलाग्ने भन्दै जनताको मन जितेर जनताको विश्वासले सरकारमा जाने भएको कारण कसैसँग पनि सहकार्य गर्दा मुलुकलाई विकास र समृद्धिमा लैजाने गरी सहकार्य गर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले आफूहरुले कांग्रेससँग बाकी कार्यकाल सत्ता सहकार्य गरेको भएपनि चुनावमा गठबन्धन नहुने भन्दै दुई पार्टीबीच स्वस्थ प्रतिस्पर्धा हुनेसमेत बताउनुभयो । कार्कीले कांग्रेस आफूहरुको मुख्य प्रतिस्पर्धी भएको भएपनि वर्तमान देशको अवस्थालाई मध्यनजर गरेर सत्ता सहकार्य भएको दाबी गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले एमाले सधै मुलुकमा स्थिरता, विकास र समृद्धिको पक्षमा भएकोले पनि कांग्रेससँग सहकार्य गर्न पुगेको बताउनुभयो ।

एमाले चौदण्डीगढी नगर कमिटीको आयोजना भएको बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा, माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका पार्टी परित्याग गरी एक सय ६२ जना एमालेमा प्रवेश गरेका थिए ।

कार्यक्रमा बाल्दे एमाले उदयपुरका अध्यक्ष भागवत राउतले नवप्रवेशीहरुलाई पार्टीमा उचित जिम्मेवारी दिने बताउँदै उदयपुरमा मिसन ८४ सफलतातर्फ उन्मुख भएको दाबी गर्नुभयो ।