१९ असार २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS : दोलखा भीमसेनमा पसिना, माओवादीसँग गठबन्धन नगर्ने एमाले र काँग्रेसबीच सहमति

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।

भीमसेनको मूर्तिमा शनिबार दिउँसो १स् ४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनु भएको छ । उहाँका अनुसार, शनिबार दिउँसो ३स् ५१ बजेसम्म शिलामा पसिना आएको थियो ।

मूर्तिको बायाँ भागमा पसिना आएको उहाँले बताउनुभयो । पसिना आएपछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ । भीमसेनको शिलामा पसिना आएपछि मुलुक र जनतामा अनिष्ट हुने मान्यता रहेको छ ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–