२८ असार २०८३, आइतबार

पर्यटन नीतिलाई संशोधन गर्न आवश्यक छ : मन्त्री पाण्डे

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन नीतिलाई संशोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

शनिबार नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितीले स्व. अरूण थापामगरको २५औं स्मृती दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन नीति पुरानो भएको भन्दै मन्त्रीको हैसियतले पहिलो निर्णय नै पर्यटन संशोधन गर्ने लिएको बताउनुभयो ।

यसको साथै, उहाँले संस्कृती नीति बनाउने कुरामा पनि काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हाम्रो पर्यटन नीति पुरानो भएको छ । त्यसकारण पर्यटन नीतिमा समयसामयिक परिवर्तन गर्नुपर्‍यो । त्यसकारण पर्यटन नीति परिवर्तन, परिमार्जन र संशोधनका लागि मैले मन्त्रीको हैसियतले पहिलो निर्णय गरेको छु । यसको साथै संस्कृती नीति बनाउने कुरामा पनि काम अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उहाँले संस्कृती भनेको सबैभन्दा ठूलो सम्पत्ति भएको भन्दै यसको रक्षाको लागि काम गर्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘संस्कृित महत्वपूर्ण कुरा हो, संस्कृति भनेको समाजको आत्मा हो । यो आत्मा भएन भने भौतिक सम्पत्तिको मात्र कुनै अर्थ हुँदैन । प्रत्येक समाज, सभ्यता र देशको प्राण भनेकै संस्कृति हो । हाम्रो जस्तो भूगोलले सानो भएको देशमा विविधता छ यो नै सबैभन्दा ठूलो कुरा हो । यो नै हाम्रो सम्पत्ति र विशिष्टता हो । त्यसैले हाम्रो मन्त्रालय बनेको पनि संस्कृितको विकासको लागि हो । त्यसकारणले यसको रक्षाको लागि काम गर्ने विश्वास पनि दिलाउन चहान्छु ।’