२५ जेष्ठ २०८३, सोमबार

आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता महत्वपूर्ण : अर्थमन्त्री पौडेल

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता सबैभन्दा महत्पूर्ण रहेको बताउनुभएको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेकपा (एमाले)का उपाध्यक्षसमेत रहनुभएका पौडेलले राज्यका निकायमा चार्टर एकाउन्टेन्ट नियुक्ति गरी लेखा परीक्षणको व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । यसका लागि केही समय लाग्ने भए पनि आफूले पहलकदमी लिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पौडेलले अहिले देशमा आर्थिक समस्या देखिएको बताउनुभयो । ‘देशमा जे जस्ता आर्थिक समस्या देखिएका छन्, ती आर्थिक समस्या समाधान गर्दै पछिल्ला दिनमा जुन प्रकारको निराशा देखिएको छ, जुन प्रकारको आर्थिक शिथिलता देखिएको छ, त्यो आर्थिक शिथिलताको अवस्थाबाट मुलुकलाई बाहिर निकाल्नको लागि र निराश चिर्नको लागि लाग्नु पर्ने छ ।’ उहाँले भन्नुभयो ।

हामी हाम्रो देशलाई समृद्ध बनाउन सक्छौँ, आर्थिक क्षेत्रका यावत समस्याको सार्थक पहलकदमी लिएर समाधान गर्न सक्छौँ भन्ने सन्देश बोकेर काम गर्नुपर्ने पौडेलले बताउनुभयो ।

‘हामी सम्मानित नागरिकका हैसियतले दुनियाँका सामनेमा परिचित हुन सक्छौँ भन्ने सन्देश दिनेगरी अगाडि बढ्नका लागि हार्दिकतापूर्वक अनुरोध गर्दछु ।’ उहाँले भन्नुभयो ।