
काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे नियुक्त हुनुभएको छ ।
कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले शनिबार घिमिरेलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गर्नुभएको हो ।
सिन्धुली-१ बाट निर्वाचित घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा लेखा समितिको संयोजकसमेत हुनुहुन्छ ।
यसअघि प्रमुख सचेतक रहनुभएका नेता रमेश लेखक गृहमन्त्री बनेपछि रिक्त रहेको पदमा सभापति देउवाले घिमिरेलाई नियुक्त गर्नुभएको हो ।







प्रतिक्रिया