१५ असार २०८३, सोमबार

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन एमालेको ह्वीप

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ५ साउन । नेकपा (एमाले) संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ । एमालेले आफ्ना सांसदहरुलाई मुख्यमन्त्रीको विपक्षमा मत दिन आज ह्वीप जारी गरेको हो ।

एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले एमाले सांसदहरुलाई भोलि आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मत दिन ह्वीप जारी गरिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेल एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएको छ ।

संघीय सरकारमा कांग्रेस-एमालेसहितको गठबन्धन बनेसँगै प्रदेशमा पनि एमालेले समर्थन फिर्ता लिएको थियो ।