
काठमाडौं, ५ साउन । राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि आज(शनिबार) त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८औं चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीन प्रस्थान गर्नुभएको हो ।
उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधीमण्डल इष्टर्न चाईना एयरलान्इसको उडानबाट चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरु मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह हुनुहुन्छ ।
उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधी मण्डलले जुलाई २३ मा हुने प्रर्दशनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रर्दशनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरुसँग भेट गर्नेछ । प्रतिनिधिमण्डल २५ जुलाई, २०२४ मा नेपाल फर्कने तालिका रहेको छ ।








प्रतिक्रिया