
दोलखा, ५ साउन । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।
भीमेश्वर मन्दिरको शिलामा आज दिउँसो १ः४७ बजेबाट पसिना आउन सुरु भएको हो । शिलाको बायाँतर्फबाट पसिना आएको भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँकाअनुसार पसिना आउने क्रम अझै जारी रहेको छ ।
भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास रहँदै आएको छ ।








प्रतिक्रिया