
काठमाडौं, ५ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वपश्चिम रेलमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
रेल विभागको निरीक्षण गर्नुहुँदै मन्त्री दाहालले पूर्वपश्चिम तथा उत्तरदक्षिण रेलमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको हो ।
मन्त्री दाहालले हाल सञ्चालनमा रहेको रेल सेवालाई अझ चुस्त र व्यवस्थित बनाउन निर्देशनसमेत दिनुभयो । साथै, उहाँले निर्माण कार्यलाई प्रभावकारी र तीव्र बनाउन पनि जोड दिनुभएको छ ।

नेपालमा रेल मार्गको इतिहास लामो भएपनि सेवा विस्तारको काम ढिलो सुरु भएको उल्लेख गर्नुहुँदै मन्त्री दाहाले यो परियोजना नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो ।
त्यस क्रममा रेल विभाग, नेपाल रेल्वे कम्पनी र सम्बद्ध निकायका अधिकारीहरूले रेल मार्ग विस्तार तथा व्यवस्थापनका क्षेत्रमा भइरहेका कामहरू बारे मन्त्री दाहाललाई जानकारी गराएका थिए ।








प्रतिक्रिया