२७ जेष्ठ २०८३, बुधबार

पाँच एसपीको काज सरुवा

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । पाँच जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा हरिहरनाथ योगी र तनहुँमा वीरेन्द्रबहादुर शाहीलाई पठाइएको प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभागले जनाएको छ ।

त्यस्तै, तनहुँमा कार्यरत अपिलराज बोहरालाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा पठाइएको छ । ४ महिना अघि तनहुँमा जानुभएका बोहरा अवधि नपुग्दै तानिनुभएको हो ।

यसैगरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा कार्यरत राम प्रकाश शाह राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा हुनुभएको छ ।

उदयपुरका एसपी रमेश थापाको प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएको छ ।