१ श्रावण २०८३, शुक्रबार

महिला एशिया कप : पाकिस्तानमाथि भारत ७ विकेटले विजयी

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । जारी महिला एशिया कपमा भारतले विजयी सुरुवात गरेको छ ।

समूह ‘ए’अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछ्याएको भारतले १४.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

यसअघि पाकिस्तानले १९.२ ओभरमा अल आउट हुँदै केवल १०८ रन बनाएको थियो ।

यसअघि शुक्रबार नै सम्पन्न समूह अन्तर्गतको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

अब भारतले अर्को खेल आइतबार युएईसँग खेल्ने छ भने आइतबार नै पाकिस्तानले नेपालसँग खेल्ने छ ।