३१ जेष्ठ २०८३, आइतबार

बिल नतिरेका ६ उद्योगको लाइन आजै जडान गर्न प्राधिकरणलाई प्रधानमन्त्री ओली निर्देशन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगमा पुन: जडान गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले ६ वटा उद्योगको लाइन आजै जडान गर्न निर्देशन दिनुभएको हो ।

नेपाल विद्युत प्राधिकरणलाई डेडिकेटेड र ट्रकलाइनवापतको बक्यौता नतिरेका ती उद्योगको लाइन शुक्रबार नै जडान गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्रीले बालुवाटरमा ऊर्जामन्त्री दीपक खड्का, मन्त्रालयकी सचिव सरिता दवाडी, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगीलाई सँगै राखेर छलफलपछि निर्देशन दिनु भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छलफलका क्रममा सञ्चालक समितिको बैठक आइतबार बसेर निर्यण गरेपछि मात्रै जडान गर्न सकिने जवाफ दिनुभएको छ ।