१६ असार २०८३, मंगलबार

काँग्रेसको भावी सभापतिमा शेखरलाई सघाउने सुजाता कोइरालाको घोषणा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको भावी सभापतिका लागि शेखर कोइरालालाई सघाउने घोषणा गर्नुभएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा कोइरालाले १५औँ महाधिवेशनमा शेखरलाई सहयोग गर्ने घोषणा गर्नुभएको हो । बुबा, हजुरबुबाहरूले देख्नुभएको सपनालाई मिलेर पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।

‘हामी एकजुट हुनै पर्छ । हाम्रो बुबा र हजुरबुबाहरूले देख्नुभएको सपनालाई पूरा गर्नेपर्छ । त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ । हामीले मुलुकलाई निकास दिनुपर्छ,’ उहाँले भन्नुभयो ।

उहाँले शशांक कोइराला पनि शेखरको साथमा आउने विश्वास गर्नुभयो । शेखर, शशांक र आफूबीच अब कुनै विवाद नरहेको उहाँले स्पष्ट पार्नुभयो ।