३१ जेष्ठ २०८३, आइतबार

मौद्रिक नीति आज सार्वजनिक नहुने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ ।

पूरै तयारी गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा आज सार्वजनिक नगर्ने भएको हो ।

केन्द्रमा सरकार फेरिएको र खासगरी प्रधानमन्त्रीको आथिक सल्लाहकारमा बिहीबार मात्र नियुक्त हुनुभएका आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मौद्रिक नीतिमा चासो राखेपछि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति केही दिनका लागि स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यसअघि गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई ब्रिफिङ गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गर्नुभएको थियो ।