
सुर्खेत, ४ साउन । जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन् ।
बिहीबार दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया