४ श्रावण २०८३, सोमबार

बीआरआई कार्यान्वयनमा आनाकानी गर्नु हुँदैन : राजन भट्टराई

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । सत्तारुढ दल नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा विदेश मामिला विभाग प्रमुख डा. राजन भट्टराईले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा आनाकानी गर्न नहुने बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आयोजना गरेको बीआरआई सम्बन्धी अन्तरक्रियामा बोल्दै नेता भट्टराईले नेपालले यसअघि नै सम्झौता गरिसकेकोले अब पछाडि हट्न नसकिने स्पष्ट पार्नुभयो ।

‘बीआरआईमा हामीले सम्झौता गरिसकेका छौँ । सहमति भइसकेको विषयमा अब म काम गर्दिनँ भन्न मिल्छ ?’ उहाँले भन्नुभयो, ‘नजिकको छिमेकी र राइजिङ पावरसँग गरिएको सहमतिबाट हामी कदापी पछि हट्न सक्दैनौँ ।’

डा. भट्टराईका अनुसार बीआरआई सम्झौता भएको सात वर्ष बितिसकेको छ र अहिले चीनले यसको कार्यान्वयनबारे नयाँ सम्झौताको प्रस्ताव गरिरहेको छ । तर नेपालले यसमा आनाकानी गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले अघिल्लो सरकार (प्रचण्ड नेतृत्वको सरकार)ले बीआरआई अघि बढाउन खोज्दा मन्त्रिपरिषद् बैठकमै विवाद भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै यसलाई खेलाँचीको रूपमा नलिन आग्रह गर्नुभयो । ‘बीआरआईलाई हामीले खेलाँचीको रूपमा लिनु हुँदैन ।’ भट्टराईले भन्नुभयो ।