
काठमाडौं, ३ साउन । गायक तथा अभिनेता यश कुमारको नयाँ गीत ‘हिरो’ सार्वजनिक भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच यो गीतको भिडिओ सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । गीतको भिडिओमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ । साथै गीतको भिडिओमा गायक यश कुमार पनि अतिथि भुमिका देखिनुभएको छ ।
यो गीतको भिडिओलाई निर्देशक निकेश खड्काले निर्देशन गर्नुभएको हो । यो उहाँको यशसँग पाँचौं सहकार्य हो । यश र निकेश एकअर्कालाई आफ्नो लक्की चार्म मान्ने गर्नुहुन्छ । पाँचौं सहकार्य पनि फलदायी हुने विश्वास उहाँहरुको छ ।
‘हिरो’ गीतको भिडिओमार्फत गायक यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्दा उठान गर्नुभएको छ । पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका घटनाहरु बढी रहेकाले पनि आफूलाई यो मुद्दा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको उहाँले बताउनुभयो ।
यो गीतमा हरि हुँमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको छ ।
यस्तै, गायक यश कुमारले बिहीबार नै आफ्नो २६ वर्ष पुरान गीत हिजो अर्कैसँग देखेको फिमेल भर्सनसमेत सार्वजनिक गर्नुभएको थियो ।








प्रतिक्रिया