
काठमाडौं, ३ साउन । एएफसी महिला च्याम्पियन्स लिगको उद्घाटन सिजनको ‘ड्र’ सार्बजनिक भएको छ ।
उद्घाटन सत्र प्रारम्भिक चरणमा १३ टोलीलाई चार समूहमा विभाजन गरिएको छ । महिला च्याम्पियन्स लिगका खेलहरु अगस्त २५ देखि अगस्त ३१ सम्म खेलाइने भएको छ ।
नेपालको एपीएफ फुटबल क्लब समूह ‘सी’ मा परेको छ र उसले उज्वेकिस्तानको एफसी नासाफ र मलेसियाको सबा एफएसँग खेल्नेछ । एपीएफका खेल मलेसियामा हुनेछन् ।
चार समूह विजेताहरू त्यसपछि समूह चरणमा पुग्नेछन् जहाँ उनीहरूलाई तीन समूहमा विभाजन गरी अन्य आठ क्लबहरू सामेल हुनेछन् ।








प्रतिक्रिया