७ असार २०८३, आइतबार

राष्ट्रिय सभागृह जलमग्न (तस्वीरहरु)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ साउन । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह परिसर जलमग्न भएको छ ।

गएराति परेको अविरल वर्षाका कारण पानी निकास नहुँदा डुबानमा परेको हो । अहिले दुई वटा मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ ।

मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ । पानीको उचित निकास नहुँदा पानी जम्मा भएर कोठाभित्रै छिर्ने गरेको छ ।