२४ जेष्ठ २०८३, आइतबार

कोशी प्रदेशमा एक वर्षमा प्राकृतिक विपत्तिबाट ७७ जनाको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३ साउन । प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी छ ।

प्रदेशका विभिन्न एक सय १७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ भने २४ जना व्यक्ति घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

यसैगरी, प्रदेशका विभिन्न एक हजार सात सय ३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका र एक सय ३४ जना घाइते हुनुभएका छन् ।

प्रवक्ता दाहालकाअनुसार जंगली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको तथा ५७ जना घाइते भएका, चट्याङ लागेर १३ जनाले ज्यान गुमाएका तथा ३६ जना घाइते भएका, चार सय ९६ स्थानमा पहिरो खस्दा नौजना पुरिएका र २० जना घाइते भएका छन् । एक वर्षमा प्रदेशभर सात हजार नौ सय आठ वटा चौपाया मरेका घटना अभिलेखीकरण भएका छन् ।