
ताप्लेजुङ, ३ साउन । ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-२ ढुङ्गेसाँघुका ३५ वर्षीय भीमकुमार तामाङको मृत्यु भएको हो ।
बुधबार प्र १-०२-००३ त ९६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा भीमकुमार गम्भीर घाइते हुनुभएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लैजाने क्रममा बाटोमै उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो ।
ट्याक्टरका चालक सोही स्थानका सनबहादुर तामाङ भने सकुशल रहनुभएको छ । उहाँलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भीमकुमारको शव अहिले जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।








प्रतिक्रिया